No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तनहुँकी विनु रानालाई मिस मगरको उपाधि

0

गण्डकी । छैठौं संस्करणको मिस मगर नेपालको उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनी उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार प्राप्त गर्न सफल भइन् ।

उनले मोष्ट डेडिकेटेडको टाइटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । त्यसैगरी, म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् । उनले नगद पुरस्कार ३० हजार र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेण्ड रनर अप घोषित भइन् ।

प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार १०:४०

Leave a Reply