No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वस्तिमा भन्छिन् -हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, अरूलाई दास बनाउनेहरूसँग हो

0

काठमाडौँ । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘दिमाग खराब’लाई प्रदर्शन नदिएर हेपेको बताएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो संख्या बढाइएको र बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपेको बताएकी हुन् ।

उनले भनेकी छन्, भक्तपुरस्थित QFXमा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ। ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो संख्या बढाइएको छ। बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई शो नदिएर हेपिएको छ। यो दादागिरी हो। हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो।’

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकविरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो। फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ।

प्रकाशित: ३० कार्तिक २०८०, बिहीबार ०९:१०

Leave a Reply