No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘रेड अन’को टिजर सार्वजनिक

0

काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित चलचित्रको टिजर शुक्रवार सार्वजनिक गरिएको हो ।

चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे, वीरेन्द यादव लगायतको अभिनय छ ।

विना लाइसेन्स सवारी चलाउँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको छ । खगेन्द्र सुवेदीको कथा, सिड गौतमको पटकथा रहेको चलचित्रलाई सुजन विश्वकर्माले छायाँकन गरेका हुन् ।

खगेन्द्र सुवेदी निर्माता रहेको चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार १३:५६

Leave a Reply