No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निषेधाज्ञा लगाउने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

0

काठमाडौं । सर्वोच्च अदातलमा माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयविरुद्ध रिट दर्ता भएको छ ।

अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिट दर्ताको कारणबारे अधिवक्ता नेपालले भने, ‘माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो भने यो लोकतन्त्र होइन पञ्चायत नै भो, सरकारी निर्णयविरुद्ध आज सर्वोच्चमा रीट दायर गरेको छु ।’

रिटमा उनले स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् । एकातिर मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा र अर्कोतिर नेकपा एमालेको नेतृत्वमा मंसिर ७ गते प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि एक महिनामा लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाएको छ ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार ०९:१३

Leave a Reply