No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

0

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेस शर्मा पौड्याल, टेक प्रसाद ढुङगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको हो ।

सिफारिसमा परेकामध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल कानुन व्यवसायी हुन् । पोखरेल कांग्रेसनिकट र ढकाल एमाले निकट कानुन व्यवसायी हुन् ।

बैठकले उच्च अदालतमा मुख्य न्यायाधीशको नियुक्तिका लागिसमेत सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारीलाई सिफारिस गरिएको छ ।

उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरिएको हो । मुख्य न्यायाधीशमा सिफारिस भएका न्यायाधीशहरू उच्च अदालतमै कार्यरत छन्।

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली छ । सिफारिस भएक ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार १०:५९

Leave a Reply