No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुरमा पनि प्रशासनले तोक्यो ६ महिनाका लागि निषेधित क्षेत्र

0

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै ललितपुरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेका हुन् ।

प्रशासनले पुल्चोकस्थित मन्त्री निवास, यूएन हाउस क्षेत्रमा हुलहुज्जत, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको हो । आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवा संघको प्रदर्शनलाई लिएर हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न प्रशासनहरूले निषेधित क्षेत्र तोकेको बताइएको छ । दुबै पक्षले मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार ११:५४

Leave a Reply