No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

0

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको हो ।

टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दश वटा रिट दायर भएका थिए । कात्तिक २७ गते सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार १२:०४

Leave a Reply