No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन आवश्यक कानुन निर्माण गर्ने तीन दलका शीर्ष नेताको प्रतिबद्धता

0

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ। यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भएका छन्। यद्यपि, केही महत्वपूर्ण कार्यभारहरू अझै पनि बाँकी छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौँ।’

त्यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता सहित छलफलमा जुटेको एमाले अध्यक्ष ओलीले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘आज मङ्सिर ५ गते सात राजनीतिक दल र तत्कालीन नेकपा(माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन । उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका ३ जना शीर्ष नेताहरू सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा शेरबहादुर देउवा बालुवाटारमा बसी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता सहित छलफलमा ।’

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ । विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार १४:५०

Leave a Reply