No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै

0

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदैछन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित: ६ मंसिर २०८०, बुधबार १४:१७

Leave a Reply