No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच झडप

0

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच काठमाडौंको बल्खुमा झडप भएको छ ।

बल्खु चोकमा मोटरसाइकल र्याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । त्यसपछि दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा प्रसाईंका समर्थकले तोडफोड गरेका छन् ।

प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका थिए । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले त्यसको विरोधमा तीनकुनेमा विरोध गरिरहेको छ ।

 

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ०७:२३

Leave a Reply