No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीको कुर्सी माइतीघरमा ल्याएर पछार्ने महेश बस्नेतको चेतावनी

0

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली जनताको भविष्य अन्धकारमा पारे सिंहदरबारको कुर्सीबाट हटाएर प्रधानमन्त्रीलाई माइतीघर मण्डलामा ल्याउने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंको तीनकुनेमा युवा संघ र अनेरास्ववियुको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री नसच्चिए सिंहदरबारबाट माइतीघरमा ल्याउने बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई झिर खोपेर सुन्न चेतावनी दिन्छु । तपाई सच्चिनु भएन भने तपाईको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनुभयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीसँग छ । एमालेसँग छ ।’

बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरे । दुर्गा प्रसाईँ समूहलार्ई ठिक ठाउँमा बस्न चेतावनी दिए ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार १०:५४

Leave a Reply