No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो आन्दोलन मात्रै नभइ जनविद्रोह हो : दुर्गा प्रसाईं

0

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् । बिहीबार काठमाडौं बल्खुमा आफ्नो नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे ।

उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाईंहरुले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेरै खप्यौं । यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप लगाए ।

उनले प्रचण्डलाई जनता माझ आउन आग्रह गरे । उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पुर्याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईहरुले सक्नु भएन ।’ उनले देश तस्करहरुको क्रिडास्थल भएको आरोप लगाए ।

उनले भने, ‘यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ । यहाँबाट भारत जान्छ, यहाँबाट नक्कली भारतीय रुपैयाँ भारत जान्छ । यहाँ रक्तचन्दन, सुपारी तस्करी हुन्छ, कलकारखाना बन्द हुन्छ, राजाको समयमा हाम्रो देश उद्योग युगमा परिणत भइसकेको थियो । तर आज ती उद्योग कारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट ल्याएर ट्रेनिङ सेन्टर बनाइयो ।’

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ११:०३

Leave a Reply