No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ए एन्ड बी वेभरेजलाई महानगरले तिरायो एक लाख जारिवाना

0

 

काठमाडौँ ।  काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना तिराएको छ ।

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले  एक लाख जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनले भने, “उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो ।”

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए ।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार १४:३७

Leave a Reply