No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

0

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ ।

आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा छन् भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा छन् ।

“मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,” सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने ।

इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपील गरेका छन् ।

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उनलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो ।

तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन् ।

पाकिस्तानको सैन्य प्रतिष्ठानसँग उनको सम्बन्धमा वृद्धि भएसँगै उनको राजनीतिक भाग्य पुनः उदय भएको छ पाकिस्तानको सैन्य प्रतिष्ठानले पाकिस्तानको इतिहासको आधाभन्दा बढी समय प्रत्यक्ष रूपमा शासन गरेको र असीम शक्तिको आनन्द लिइरहेको छ ।

राजनीतिक विश्लेषक हसन अस्करीले भने, “अब सबै कुरा नवाज सरिफको पक्षमा अघि बढिरहेको छ ।”

प्रकाशित: १३ मंसिर २०८०, बुधबार १७:०८

Leave a Reply