No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुगलद्वारा युरोपमा ठूलो साइबर सुरक्षा केन्द्र स्थापना

0

साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ । सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ ।

युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।

गुगलका अन्तर्राष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले गतवर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन् । उनले आफूहरुले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक रहेको बताए । युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताइन् ।

म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार ०२:२०

Leave a Reply