No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले आज ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गर्दै

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गर्दैछ । संकल्प यात्रा उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका एमालेका नेताहरु बैतडी पुगिसकेका छन् ।

सङ्कल्प यात्राको आज बिहान अध्यक्ष ओलीले झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सङ्कल्प यात्राको उद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा आमसभाको आयोजना गरिएको छ ।

त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ । यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार ०२:२३

Leave a Reply