No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

छेस्कोको भरमा अडेको सरकार कुनैपनि बेला ढल्नसक्छः अध्यक्ष ओली

0

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रबार डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताएका हुन् ।

उनले भने, ‘चिहान खनेर राजतन्त्रको भुत–प्रेत ल्याउने सपना नदेख्दा हुन्छ ।’ उनले अहिले पनि नेपालमा हिंसा र अस्थिरता मच्चाउन खोज्ने तत्वहरु सक्रिय भएको दाबी गरे ।

उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे ।

सत्ता गठबन्धनका नेताहरु अहिले सत्ता कसरी जोगाउने अनि कसरी मन्त्री हुनुका साथै कसरी बढी कमाउने भन्ने धन्दामा लागेको ओलीले आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार छेस्कोको भरमा अडेको दाबी गर्दै कुनै पनि बेला ढल्नसक्ने दाबी गरे ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार १०:१२

Leave a Reply