No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शरणार्थी प्रकरणमा यस्तो छ उच्च अदालतको आदेश(पूर्णपाठ)

0

काठमाडौं । उच्च अदालत पाटनले नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायतलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।

नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालतको आदेश आंशिक सदर गरेको हो । यससँगै रायमाझी, सानु भण्डारी, सन्देश शर्मालगायत प्रतिवादीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहनुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंले गत असारमा रायमाझी, खाणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । पूर्वगृहमन्त्री खाणका सबालमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ । मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय पाण्डे र खरेलबीच राय बाझिएको हो । अब खाणको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ । त्यतिबेलासम्म उनी थुनामै रहने भएका छन् ।

 

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार ११:१६

Leave a Reply