No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट

0

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अब ग्राउन्ड ह्यान्डलिङका लागि बोलपत्रको माध्यमबाट कम्पनी छनौट गरिनेछ । यसअघि नेपाल वायुसेवा निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा प्राप्त गर्दै आएको थियो ।

प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारीलाई शुक्रबार नै स्पष्टीकरण पनि सोधेको छ। प्राधिकरणले विभिन्न समयमा एयरलाइन्समा गरेको अडिट, दिएका निर्देशन कार्यान्वयन नभएकाले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो । निगमको ध्यान जहाज उडाउनेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ भएको प्राधिकरणको बुझाइ छ ।

सोही कारण विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट छनौट गर्ने निणय गरेको प्राधिकरणको भनाई छ । निगमले स्थापनाकालदेखि नै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ ।

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्दै आएको थियो । यसअघि प्राधिकरणले बिहीबार मात्र युरोपेली यूनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण निगमभित्रको कमजोर व्यवस्थापन भएको बताएको थियो ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार १२:३५

Leave a Reply