No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन प्राधिकरणको आग्रह

0

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गरी सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

नियमानुसार रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो । साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।

प्रकाशित: १७ मंसिर २०८०, आईतवार ०३:५१

Leave a Reply