No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तोलामा २ हजार ४ सयले घट्यो सुनको मूल्य

0

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार चार सय रुपैयाँले घटेको छ । दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २४ सयले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २४ सय रुपैयाँले सुन सस्तिएको हो । त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि २३ सय ५० रुपैयाँ घटेर आएको छ ।

सोमबार १ लाख २१ हजार कायम भएको तेजावी सुन आज प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ५ सय रहेको छ ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार ०६:२३

Leave a Reply