No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु

0

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परी विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ ।

शवको पहिचान खुलेको छैन । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी सुरु भएको हो। आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । उनीहरुको कोसी अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार ११:०५

Leave a Reply