No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षाः घरजग्गा कर्जामा सहजीकरण(पूर्णपाठ)

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर र नीतिगत दरहरु घटाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ । नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ।

साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो । त्यस्तै राष्ट्र बैंकले घरजग्गा कर्जामा कर्जाको जोखिम भार घटाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको हो ।

यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो । त्यस्तै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको छ । त्यस्तै ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामापरी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ ।

त्यस्तै, मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरुसम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने केन्द्रीय बैंकले समीक्षामार्फत भनेको छ । त्यसैगरी, पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमालिइएको कार्यदिशालाई थप लचिलो बनाइएको छ ।

यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउनसहयोग पुग्ने अपेक्षा रहेको केन्द्रीय बैंकले जनाएको छ । आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने समेत बैंकले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार ०५:५०

Leave a Reply