No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारी हिमपातका कारण हङ्गेरीको जनजीवन प्रभावित

0

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ–ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् ।

नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाँउ ठाँउमा अवरुद्ध पनि भएका छन् । हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन् ।

त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन् । राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।

पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् ।
उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार ०८:०३

Leave a Reply