No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्वव्यापी अर्थतन्त्रबाट तेललाई अलग गर्न असम्भव रहेको साउदी अरबको तर्क

0

साउदी अरबले कोप २८ जलवायु वार्तामा उसको ‘परिप्रेक्ष्य’ र ‘चिन्ताहरू’ लाई ध्यानमा राख्नुपर्ने बताएको छ ।  कोप २८ जलवायु वार्तामा शीर्ष तेल निर्यातकर्ता मुलुक साउदी अरबले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्न सहमत हुने कदमहरूको प्रतिरोध गरिरहेको छ ।

उसले जलवायु समाधानको सामना गर्न आफूहरुले ठूलो योगदान गर्ने र समाधानको हिस्सा बनाउन आवश्यक रहेको बताएको छ । रियादले बगदादबाट सार्वजनिक समर्थन पाएको छ ।

इराकी प्रतिनिधिले कोप २८ शिखर सम्मेलनको एउटा बैठकमा अन्तिम सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्ने कुनै पनि उल्लेखलाई अस्वीकार गर्ने बताएका छन् ।

जीवाश्म इन्धनको ‘चरणबद्ध कटौती’ वा ‘चरणबद्ध अन्त्य’ को सन्दर्भ समावेश गरिनु दुबई वार्तामा एउटा महत्वपूर्ण विन्दुको रूपमा आएको छ । वार्तामा प्रतिनिधिहरू विश्वव्यापी तापक्रमलाई रोक्नका लागि एउटा नयाँ सम्झौता गर्ने प्रयास गरिरहेका छन् ।

साउदी अरबले विश्वव्यापी अर्थतन्त्रबाट तेललाई अलग गर्न असम्भव रहेको तर्क गरेको छ । साउदी ऊर्जामन्त्रीले उनी जीवाश्म इन्धनको चरणबद्ध कटौतीका लागि बिल्कुल सहमत नहुने बताएका छन् ।

प्रकाशित: २५ मंसिर २०८०, सोमबार ०२:१२

Leave a Reply