No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दर्जनौं युक्रेनी ड्रोन खसालेको रुसको दाबी

0

रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ । रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा ३३ वटा युक्रेनी ड्रोन नष्ट र अवरोध गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताए । पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ ।

 

प्रकाशित: २ पुष २०८०, सोमबार ०२:४०

Leave a Reply