No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीले हामीलाई रिपोर्ट कार्ड देखाउनुपर्छः शेखर कोइराला

0

नुवाकोट । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड मागेका छन् । सोमबार नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको कामकारबाहीबारे प्रधानमन्त्रीसँग रिपोर्ट कार्ड मागेका हुन् ।

उनले भने, ‘सरकारको कामकारबाहीकाबारेमा कुरा आइरहेको छ । मैले सुनेको छु प्रधानमन्त्रीले पुस ५देखि १० गतेसम्म मन्त्रीहरुलाई काठमाडौं नछाड्नु भनेको । रिपोर्ट कार्ड हेर्न होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्छु । सरकारको कामको सबै कामको जसअपजस प्रधानमन्त्रीले लिनुपर्छ । उहाँले मन्त्रीहरुको रिपोर्ट कार्ड हेर्ने होला । तर हामी प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्छौं ।’

कोइरालाले जनताको आक्रोश र निरासा व्यवस्था माथि नभई नेतृत्व प्रति भएको बताए । उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि कसैको बैशाखी टेकेर आए जस्तो देखिएको भन्दै सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताए ।

प्रकाशित: २ पुष २०८०, सोमबार १२:३०

Leave a Reply