No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा जनतासँग माओवादी अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार ०२:१२

Leave a Reply