No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गिनीमा इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु

0

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ ।

विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ । बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा आगलागी भएको हो ।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले ११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते भएका जानकारी दिए । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ । घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार ०२:२३

Leave a Reply