No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा ३५ अंकको बृद्धि

0

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।

बुधबार होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अङ्कले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुगेका थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: ४ पुष २०८०, बुधबार १०:०२

Leave a Reply