No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहकारीको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाउँछुः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा देखिएको समस्या समाधानका लागि विपक्षी दलसँग कुराकानी भइरहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणको निकासका लागि विपक्षी दलहसँग कुराकानी भइरहेको तर निकास निस्किनसकेको जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सहकारीको विषय गम्भीर बनेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्रीले समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउने कि के गर्ने भन्ने विषयमा छलफल भइरहेका बताएका छन् ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै ती नेताले भने, ‘ कुनै नेता तोकेर होइन, सबै सहकारीको समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर समाधान गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु । विपक्षी दलसँग संवाद जारी छ । सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु ।’

प्रधानमन्त्रीले संसद अधिवेशन आह्वान गरेपनि संचालन हुनेमा भने आशंका रहेको बताए । उनले भने, ‘संसद त बोलाइयो तर चल्ने नचल्ने निश्चित छैन । तर सहकारी समस्या समाधानका लागि पहल गर्छु ।’

प्रधानमन्त्रीले तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति नदेखिएको तर तर सत्तापक्ष र प्रतिपक्षका कतिपय पार्टीहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर रुपमा देखिएको बताएका छन् । उनले टिआरसी विधेयकबारे संसदमा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार ०८:०४

Leave a Reply