No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानसेनापतिको प्रश्नः ९ महिनामा चार वटा रुख काट्न सकिँदैन भने कसरी छिटो बन्छ फास्ट ट्रयाक ?

0

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणका कानुन बाधक भएको भन्दै सच्याउन आग्रह गरेका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानसेनापति शर्माले प्रचलित कानुनले काममा असर गरेको बताएका हुन् ।

कानुनका कारण चार वटा रुख काट्न ९ महिनासम्म लागको दृष्टान्त प्रस्तुत गर्दै उनले कानुन बाधक बनेको बताए । उनले भने, ‘मैले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न सकेको छैन । ‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा रुख काट्न ९ महिना लगाइदिएको छ, कसको गल्ती ?’ प्रधानसेनापति शर्माले यही तरिकाले २०८३ सालसम्म फास्ट ट्रयाक नबन्ने बताए ।

उनले आफूहरुले गल्ती नगर्ने र गल्ती भए सच्याउने बताए । उनले भने, ‘हामी गलत गर्दैनौँ । सेनाले नियमसंगत पारदर्शी ढंगले काम गर्छ । गल्ती हुँदैन भन्दिनँ, भएमा करेक्सन गर्नुपर्छ । नेपाली सेनाले फास्ट ट्रयाक मागेको होइन, तपाईंले दिएको हो । सरकारले दिएको हो । तपाईंहरूले बनाएको नियम हो । तपाईंहरूको नि गल्ती छ ।’

छलफलका क्रममा सांसदहरुले फास्ट ट्रयाक काम सुस्त गतिमा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । त्यस्तै सांसदहरुले सेनामा नागरिकता विवादबारे पनि प्रधानसेनापतिसँग जिज्ञासा राखेका थिए । त्यसको जावफ दिने क्रममा प्रधानसेनापति शर्माले तत्कालीन उपरथि पाण्डेको जन्ममितिमा कुनै विवाद नभएको दाबी गरे । उनले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको बताए ।

प्रकाशित: ४ पुष २०८०, बुधबार १०:३२

Leave a Reply