No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उड्न लागेको बुद्ध एयर जहाजको ढोका खुलेपछि..

0

पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयर जहाजको ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे उड्न लागेको जहाजको  आपतकालीन ढोका खुलेको हो ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले ढोका नजिकको सिटमा बसेका यात्रुले खुट्टाले हानेर  खुलेको जानकारी दिए । उनले आपतकालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए ।

उनले अब यो जहाजको इन्जिन परीक्षण गरेपछि मात्रै उडाउने बताए । ती यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार ०५:११

Leave a Reply