No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदानस्थल र १४ मतदान केन्द्र निर्धारण

0

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक– एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार ०९:३३

Leave a Reply