No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नत्र मुलुक भिडन्तमा जानेछ

0

जनकराज पाठक ।

१)राजतन्त्र र राजसंस्था नितान्त दुई फरक चिज हुन् । राजतन्त्रले शासन गर्छ भने राजसंस्था प्रजातन्त्रको परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थित जनाउँछ । ।जसले प्रजातन्त्रलाई थप बलियो बनाउन मद्दत गर्छ । बेलायत, स्पेन, नर्वे, स्विडेन, जापान लगायतका देशहरूमा राजतन्त्र छैन केवल एकताको प्रतिकको रुपमा राजसंस्था छ । नेपालमा पनि राजतन्त्र हैन राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बहस छ । राजतन्त्र र राजसंस्थाको बीचको फरक यही हो । नेपाली जनताले चाहेको राजसंस्था हो राजतन्त्र हैन ।

२)आजको नेपाल खडा गर्ने एकमात्र संस्था राजसंस्था हो । नेपालको राजसंस्था ले २००७ सालमा जाहानिया राणा शासनको विरुद्ध प्रजातन्त्र स्थापनार्थ राजगद्दी समेत दाउमा लगाएको इतिहास ताजै छ । २०४६को राजनीतिक परिवर्तनको समयमा नेपाललाई भुटान हुनवाट जोगाउने संस्था पनि राजसंस्था नै हो । अझ ०६२÷६३ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्रलाई सहयोग पुर्याउँदै विना रक्तपात पत्रकार सम्मेलन गरेर आफ्नो राजगद्दी र श्रीपेच नासोको रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जीवनयापन गर्ने गरि अघि बढेको संस्था पनि राजसंस्था नै हो । यो सत्य र यथार्थतालाई अब वुझ्न ढिला गर्नु हुँदैन ।

३)संसारमा आजका धेरै सम्पन्न देशहरूमा राजसंस्था हटेर फेरि फर्केका उदाहरण छन् । त्यस्तो किन हुन्छ भने त्यो देशको ठोस आवश्यकताको परिवेश के हो ? त्यसमा भर पर्छ । नेपालको भौगोलिक अवस्था र नेपालमा राष्ट्रिय एकताको लागि साझा संस्थाको रुपमा आज देशभरि राजसंस्थाको पक्षमा आवाज उठिरहेको छ । सार्वभौम जनताको यो माग अब माग मात्र रहँदैन यसलाई सम्बोधन नगरे आन्दोलनको ज्वारभाटा उठ्ने छ र यो ज्वारभाटाले यो व्यवस्थाको अन्त्य हुने निश्चित छ ।

४)गणतन्त्र उच्चतम सिद्धान्त हुँदै हैन । उच्चतम सिद्धान्त भनेको देशको ठोस आवश्यकताको परिवेशमा त्यसले कत्तिको योगदान गरेको छ वा छैन त्यो सँग जोडिन्छ । कुनै पनि सिद्धान्तले त्यो देशको जनताको आकांक्षालाई कुन हदसम्म स्वीकारेको छ मुल प्रश्न त्यो हो।

५)नेपाली जनताको नासो श्रीपेच र राजदण्ड नेपाल सरकारलाई सुम्पियर गएको अभिभावकीय संस्थाको मुलुकमा आज आवश्यकता देखियो । समयले कसैलाई पर्खदैन समय छदैमा सर्वपक्षीय गोलमेच सम्मेलन गरेर राजसंस्थालाई स्थान नदिने हो भने मुलुक भिडन्तमा जाने निश्चित छ । राजसंस्था सहितको प्रजातान्त्रिक धारको नेतृत्व गर्दै अब राप्रपाले आन्दोलन गर्नेछ।राजसंस्था स्थापनार्थ हुने यो आन्दोलन सायद अन्तिम नै हुनेछ।

कौरवहरुले टेक्ने जमिन नदिँदा पान्डवहरुले लड्नु परेको लडाइँ र क्षत, विच्छेद भएको हस्तिनापुरको इतिहासलाई स्मरण गर्दै समयमै विषयलाई गम्भीरतापूर्वक लिदै त्यो अभिभावकीय संस्थालाई स्थान दिइयोस् । यसले मुलुकमा राजनीतिक स्थिरता दिन्छ।
सवैको चेत खुलोस् ।

प्रकाशित: ६ पुष २०८०, शुक्रबार ०४:०७

Leave a Reply