No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तोसिमा कार्कीको तडक्कीपन !

0

नारायण गाउँले ।
अलि सिर्जनात्मक राजनीति खोजेको हो ! १७ हजारप्रति त्यत्तिकै पीडाबोध हो भने त ‘न्यूनतम साझा कार्यक्रम’ समेत नबनाई, निर्वाचन जितेको केही दिनमैं उहाँकै नेतृत्वमा मन्त्री बन्न जानु हुँदैनथ्यो । निष्ठा र आदर्श भएको व्यक्तिलाई कुनै पनि बहानामा, कुनै पनि व्याख्यामा र कुनै पनि आवरणमा एउटा ‘हत्यारा’सँग शपथ लिएर मन्त्री बन्न नमिल्नुपर्ने हो । जनताको ‘म्यान्डेट’ पनि सरकारमा गई हाल्ने र मन्त्री बनिहाल्ने जस्तो थिएन ।

जे गलत हुन्छ, त्यो गलत नै हुन्छ । आफूसँग जोडि़ँदा सही र नजोडिँदा गलत हुँदैन । यस्तो काम त ओली र देउवाको हो । आफूसँग मिल्दा देशी–विदेशी षड्यन्त्र चिर्दै ऐतिहासिक एकता हुने, सिङ्गो पार्टीको पाइलट बन्न योग्य हुने, लोकतान्त्रिक गठबन्धन बन्ने, प्रचण्ड डाइनामिक नेता हुने अनि आफूसँग अलग हुने बित्तिकै भ्रष्ट र हत्यारा हुने त पुराना दलको झुत्रे व्याख्या हो । कांग्रेस र एमालेका लागि १७ हजार एउटा सङ्ख्यामात्रै हो । त्यसमा पीड़ा, भावना, लज्जा केही पनि छैन । तिनको कुरूप र भुत्ते हतियार हो यो सङ्ख्या । तपाईंहरू त सुसंस्कृत र वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको हो । संसदमा पसेको पहिलो दिन किन १७ हजारबारे बोल्नुभएन ? बरु जो भए पनि हुन्छ, तर हिंसात्मक इतिहास भएका प्रचण्डलाई हुँदैन भनेर किन एक शब्द पनि बोल्नुभएन ? किन दुई दुई पल्ट भोट हाल्नुभयो ? किन प्रधानमन्त्री बनाउनुभयो ? किन उहाँको नेतृत्व स्वीकार गर्नुभयो ? किन बिटुलिनुभयो ? सरकारबाट हट्नेबित्तिकै सबैलाई याद हुने यो १७ हजार के हो ? कस्तो राजनीति हो ?

राजनीतिसँग कुनै सम्बन्ध नभएका दुई आमनागरिकको अत्यन्त दुःखद मृत्युलाई १७ हजारसँग जोडेर राजनीतीकरण गर्नु आफैंमा अप्रिय हुनुपर्ने हो । के १७ हजार नजोडी, अनाहकमा जीवन गुमाउने यी दुई नागरिकका लागि स्वतन्त्र रूपमा लड्न सकिन्न र ? के यो बालकुमारीमा उभिएर बोकिएको पोस्टर र विरोधले १७ हजारलाई न्याय दिलाउँछ ? तिनका पक्षमा लड्छ ? आँखा अगाडिको हत्या र मृत्युलाई यसरी राजनीति मिसिएको इतिहाससँग जोडेर झन् कमजोर बन्दैन र ? के नागरिकको मृत्यु सङ्ख्या मात्रै हो र ? तपाईंहरू पनि अरू जस्तै बन्नपर्छ र ?

प्रकाशित: १५ पुष २०८०, आईतवार ०४:१२

Leave a Reply