No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हामीले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएको प्राधिकरणले प्रमाण ल्याओस्, तिर्न तयार छौंः उद्योगी

0

काठमाडौँ । उद्योगीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको र प्राधिकरणसँग प्रमाण भए ल्याउन आग्रह गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नलिएको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफूहरूले विद्युत् प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको दाबी गरे । उनले प्राधिकरणले प्रमाण दिए सबै उद्योगहरू पैसा तिर्न तयार रहेको बताए । उनले चार वर्ष अघिको बिल अहिले आएर पेस गरेर पैसा उठाउने काम बन्द गर्न आग्रह गरे ।

उनले प्राधिकरण आफैँले लोडसेडिङको समय विद्युत् आपूर्ति गर्न सक्दैनौँ भनेर सार्वजनिक सूचना जारी गरेको समयमा उद्योगहरूले विद्युत् प्रयोग गरेको प्रमाण खोज्न जायज नभएको जिकिर गरे ।

उनले भने,’टीओडी डाटा हामीलाई दिनुहोस् हामी तिर्न तयार छौँ, अबको बाटो भनेको प्रमाण नै हो । प्रमाण देखाए हामी महसुल तिर्छौँ । प्रमाण देखाउनुस् हामी पैसा तिर्न तयार छौं । तिर्नुपर्ने बिल नतिरेर हामीले कानुनको पालना नगरेको भए त्यसको भागीदार हामी हुन्छौं । हामीले प्रयोग नै नगरेको बिजुलीको बिल पठाएर हामीलाई दिएको तनाव र बिजुली काटेका कारण उद्योगमा भएको क्षतिको भागीदार को हुन्छ ?’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौताको प्रमाण दिए पैसा तिर्छौं भनेर उद्योगीहरुको भनिरहेको बताए ।

उनले एउटा व्यक्तिको आकांक्षा पूरा गर्न सरकार प्रयोग हुन मिल्छ ? भन्दै प्रश्न गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सायीहरूलाई दोषी देखाउने गरी भावनात्मक रूपमा प्रस्तुत भएको बताए ।

प्रकाशित: १५ पुष २०८०, आईतवार ०९:३४

Leave a Reply