No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

0

नेपालगञ्ज  । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन।

गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएकी छन्। उनले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ पुष २०८०, सोमबार ०२:३७

Leave a Reply