No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फुलह्यमसँग आर्सनल पराजित

0

काठमाडौं । इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलह्यामसँग पराजित भएको छ ।
गएराति भएको खेलमा सुरुवाती अग्रता लिएको आर्सनलले अन्तिममा १–२ को नतिजा सुम्पिन वाध्य भएको हो ।

यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा रहँदा जित निकालेको फुलह्याम १३ औं स्थानमा उक्लिएको छ । फुलह्यामविरुद्ध आर्सनलले सुरुवाती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए । उनले टम केरिनीको पासमा गोल गरेका थिए । यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २–१ ले जित दिलाए ।

प्रिमियर लिगमा लिभरपुल ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा एस्टन भिल्ला समान अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
म्यानचेस्टर सिटी र आर्सनलको समान ४०–४० अंक भए पनि गोल अन्तरमा सिटी तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित: १६ पुष २०८०, सोमबार ०२:५५

Leave a Reply