No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति सीद्वारा लचिलो अर्थतन्त्रको प्रशंसा

0

राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको बताएका छन् । राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गरेका छन् ।

उनको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई कायम राख्न् सङ्घर्ष गरिरहेको छ ।

उनले ‘उच्च गुणस्तरको विकास’ र विद्युतीय वाहन, लिथियम बेट्री तथा सौर्य प्यानलजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धनलाई स्वागत गर्दै अर्थतन्त्र पहिलाभन्दा थप लचिलो र गतिशील भएको बताए । युवा बेरोजगारी र महत्त्वपूर्ण सम्पत्ति क्षेत्रमा लगातार ऋण सङ्कटले यस वर्ष चीनको वृद्धिलाई प्रभावित गरेको छ ।

 

 

 

प्रकाशित: १६ पुष २०८०, सोमबार ०३:०५

Leave a Reply