No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेनमार्ककी महारानी मार्गरेट द्वितीयद्वारा राजगद्दी परित्यागको घोषणा

0

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् । नयाँवर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आइतबार महारानी मार्गरेटले जनवरी १४ मा पद छोड्ने घोषणा गरेकी हुन् ।

८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् । उनले अप्रत्यासित निर्णयको कारणको रूपमा आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औंल्याएकी छिन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् । उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

प्रकाशित: १६ पुष २०८०, सोमबार ०४:४०

Leave a Reply