No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका जनमतका नेता कार्यकर्ता पक्राउ

0

काठमाडौँ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतसहित नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो ।

प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो । सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित: १६ पुष २०८०, सोमबार ०५:३८

Leave a Reply