No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालकुमारी घटनामा मन्त्रीको भूमिकाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

0

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । साथै समितिले घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ ।

समिति सभापति रामहरि खतिवडाले घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिएको जानकारी दिए । बैठकमा यस बिषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाहीको माग गरेका थिए ।

प्रकाशित: १६ पुष २०८०, सोमबार ०८:३६

Leave a Reply