No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाजापट्टी मृत्यु हुनेको संख्या २२ हजार पुग्यो

0

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९ सय ७८ जना मारिएका जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राल गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएका पनि उल्लेख गरेका छन् । यसैबीच, गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएका र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएका छन् ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०२:४४

Leave a Reply