No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपाद्वारा बालकुमारी घटनामा गृहमन्त्री दोषी रहेको भन्दै राजीनामा माग

0

काठमाडौं । राप्रपाका नुवाकोटबाट काठमाडौंमा बसोबास गर्ने नेता तथा कार्यकर्ताहरुले कोणसभा मार्फत गणतन्त्र, धर्मनिरपेक्षता तथा वर्तमान सरकारको जनविरोधी कदम, बालकुमारी हत्या काण्डको बिरुद्धमा चर्को विरोध गरेका छन् । उनीहरुले बालाजुको माछापोखरी र बिजि मलमा सभा गरेका थिए ।

सभालाई राप्रपाका नेताहरु फणिराज लोहनी, झनक प्याकुरेल,जनकराज पाठक,उद्धव भेटवाल, जनार्दन अधिकारी लगायतले सम्बोधन गरेका थिए । राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकले बालकुमारीमा मन्त्रीको गाडी जलेको बदलमा निर्दोश नागरिकको ज्यान लिने सरकारका गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले जनताले विद्रोह गरे भने सरकारी गाडी मात्र नभई सिंहदरबार र वालुवाटारमा समेत आगो लाग्ने चेतावनी दिए । कार्यक्रममा राप्रपा नुवाकोटका जिल्ला उपाध्यक्ष कान्छा लामा,क्षेत्रीय अध्यक्ष तेज लामा, किसान नेता वसन्त अधिकारीलगायतले संयोजन गरेका थियए । सभामा राप्रपा नुवाकोटका कार्यकर्ता र स्थानीय जन समुहको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०३:००

Leave a Reply