No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण कोरियाका विपक्षी दलका नेताको गर्धनमा धारिलो हतियार प्रहार

0

बीबीसी । दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा धारिलो हतियार प्रहार गरिएको छ । योनाप समाचार एजेन्सीकाअनुसार पत्रकार सम्मेलन भइरहेका बेला उनीमाथि चक्कु प्रहार भएको हो ।

ली जे म्युङले सन् २०२२ को राष्ट्रपतीय निर्वाचन झिनो मतले हारेका थिए । मङ्गलबार बिहान उनको गर्धनको देब्रेतिर धारिलो हतियार प्रहार गरिएको छ । पुरुष आक्रमणकारीलाई घटनास्थलबाट तत्काल गिरफ्तार गरिएको छ ।

आक्रमणपछि लीलाई २० मिनेट टाढा रहेको अस्पतालमा लगिएको छ। योनापका अनुसार उनी त्यसबेला होसमा थिए । आक्रमणकारीले अटोग्राफ माग्न भन्दै लीकहाँ पुगेका जनाइएको छ। त्यसपछि उनले अकस्मात् लीमाथि आक्रमण गरेका थिए ।

आक्रमण भइरहेको बेलाका सामाजिक सञ्जालमा राखिएका भिडियोमा ली पहिला भिडमाथि ढलेका र त्यसपछि जमिनमा पछारिएका थिए। त्यसैबेला थुप्रै मानिसले आक्रमणकारीलाई समात्न खोजेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्छन् ।

उनी अहिले दक्षिण कोरियाली संसद्का सदस्य होइनन्। तर आगामी अप्रिलमा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने धेरैले ठानेका छन् । उनले सन् २०२२ को राष्ट्रपतिको निर्वाचन ०.७३ प्रतिशतको फरकले हारेका थिए। त्यसबेला युन सुक यीओलले जितेका थिए ।

दक्षिण कोरियाको इतिहासमै यो असाध्यै झिनो फरकले राष्ट्रपति पराजित भएको घटना थियो । उनी सन् २०२७ मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने पनि धेरैले ठानेका छन्।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०३:४१

Leave a Reply