No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस र माओवादीका नेताहरुबीच राष्ट्रियसभामा सिट बाँडफाँटबारे छलफल

0

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सिट बाँडफाँटको विषयमा दुई सत्तारुढ दुई दल कांग्रेस र माओवादीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भएको हो ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको बताइएको छ । आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफल सुरु भएको हो ।

कांग्रेस नेता रमेश लेखकले दुई दलबीच राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल भएको र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधबार गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०६:३५

Leave a Reply