No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालिका बलात्कारको अभियोगमा ८६ वर्षीय बृद्धलाई जन्मकैद

0

कर्णाली । जिल्ला अदालत दैलेखले ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद सुनाएको छ । सोमबार अदालतले बालिका बलात्कार अभियोगमा ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका ८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिका बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

रेग्मीलाई जन्मकैद, सात लाख रुपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारी उपाध्यायले बताए । उनका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ११:०२

Leave a Reply