No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी सेनामा कार्यरत १० नेपालीको मृत्यु

0

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह छन् । यसअघि रुसी सेनामा कार्यरत ७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कुन्दन सिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान छन् ।

सरकारले यसअघि नै नेपालका लागि रुसका राजदूतमार्फत् रुसी सेनामा भर्ना भई निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल पठाउन र घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको थियो । त्यस्तै चार जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार १२:५५

Leave a Reply