No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा निगमका पाइलटविरुद्ध मुद्दा दायर

0

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा शाहविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । उनी २०७१ फागुन १० गते निगममा जुनियर क्याप्टेनको रूपमा नियुक्त भएका थिए।

पछि उनी आठौं तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भएर निगममा कार्यरत थिए । उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी अख्तियारमा परेको थियो । शाहले भारतको सेकेन्डरी एजुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए ।

अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको प्रवक्ता घिमिरेले बताए । झुटा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहोदा लिएको भन्दै उनलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी आयोगले गरेको छ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार १०:५४

Leave a Reply